संसद् हो की चुनावी सभा छुट्याउन गाह्रो भैरहेको छ, जे बाेले पनि हुने रैछ -नेता पौडेल

संसद् हो की चुनावी सभा छुट्याउन गाह्रो भैरहेको छ, जे बाेले पनि हुने रैछ -नेता पौडेल


नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भैरहेको टिप्पणी गरेका छन् । 

बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भैरहेको बताएका हुन् । उनले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । 

नेता पौडेलले संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखि नेताहरुले बोल्ने गरेकोमा आपत्ति जनाए ।  साथै मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दावी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । 

Logo