ईबा वर्ल्ड उमन्स् बक्सिङ च्याम्पियनसिपमा चन्द्रकला,संगिता र सरस्वती छनाैट

ईबा वर्ल्ड उमन्स् बक्सिङ च्याम्पियनसिपमा चन्द्रकला,संगिता र सरस्वती छनाैट


भारतको नयाँ दिल्लीमा यही मार्च १३ देखि २७ तारिखसम्म संचालन हुने ईबा वर्ल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ चन्द्रकला थापा, संगिता सुनार र सरस्वती रानामगर छनाैट भएका छन् ।

नेपाल बक्सिङ संघद्वारा आयाेजित राष्ट्रब्यापी खुल्ला छनाैट प्रतियोगिताकाे फेदर वैट ५७ किलो तौल समूहकाे फाईनल खेलमा आर्मीका चन्द्र कला थापाले झापाका सुस्मिता राईलाई ५:० अंककाे आधारमा पराजित गर्दै छनाैट भएकी छन् ।

६० किलो तौल समूहकाे फाईनल खेलमा एपीएफका संगिता सुनारले आर्मीका निरु गुरुङ्गलाई ४ः१ अंककाे आधारमा पराजित गर्दै छनाैट भएकी छन् । त्यसैगरी मिडिल वैट ७५ किलाे तौल समूहकाे फाईनल खेलमा एपीएफका सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई ५ः० अंकको आधारमा पराजित गर्दै छनाैट भएकी छन्।

आज सम्पन्न भएकाे फ्लाईलाई वैट ५० किलो तौल समूहकाे सेमिफाइनल खेलहरुमा एचटुओका अस्मिता दुआलले आरडीएक्सका रमिशा श्रेष्ठलाई ४ः१ को स्पिलट डिसिजनमा पराजित गरिन् भने साेही ताैल समूहमा नेपाल प्रहरीका दिवाना शेर्माले आर्मीका आरती बम्जनलाई ४ः१ को स्पिलट डिसिजलको आधारमा पराजित गर्दै फाईनल प्रवेश गरेकी छिन् । 

५० किलाे ताैल समूहकाे फाईनल खेल २६ गते बिहान ८ बजे हुने प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिएका छन् ।

Logo