बैकिङ्ग प्रणालीलाई डिजिटलाइजेसन गर्न पुमोरी कोसेढुंगा सावित भएको छ -सञ्जिव राजभण्डारी, अध्यक्ष, इन्फोडेभलपर्स

बैकिङ्ग प्रणालीलाई डिजिटलाइजेसन गर्न पुमोरी कोसेढुंगा सावित भएको छ -सञ्जिव राजभण्डारी, अध्यक्ष, इन्फोडेभलपर्स


पुमोरी सफ्टवेयर कसरी सुरू भयो ? यसको पृष्ठभूमि बताइदिनुस् ।

-सन् १९९१ मा बैंकिङ्ग क्षेत्रका लागि पुमोरी सफ्टवेयर सार्वजनिक भएको हो । मर्कन्टाइलले निर्माण गरेको पुमोरी सफ्टवेयर अमेरिकाको नेटवर्किङ कम्पनी नोभलसँग सहकार्य गरेर सुरू गरेका थियौँ । पुमोरीको सार्वजनिक इतिहास पनि रोचक छ । पुमोरी नेपालमा सार्वजनिक भएको होइन, नोभलसँग मिलेर हङ्कङ्गमा सार्वजनिक गरेका थियौँ । लामो इतिहास बोकेको पुमोरी नेपालको पहिलो बैंकिङ्ग सफ्टवेयर समेत हो ।

लामो इतिहास बोकेको पुमोरी सफ्टवेयर सफलतापूर्वक सञ्चालन भइरहेको छ । पुमोरी सार्वजनिक गर्दा सुरूवाती चुनौतीहरू कस्ता थिए ?

-पुमोरी सफ्टवेयर सुरू गर्दा जतिको गा-हो हुनुपर्ने हो(थियो), त्यति थिएन । पहिलो पटक नबिल बैंकमा पुमोरी सुरू भएको थियो । त्यसपछि राष्ट्रिय वाणिज्य बैंकमा प्रयोग हुन थाल्यो । तत्कालिन समयमा नेपालमा विश्व बैंकको एउटा परियोजना चलिरहेको थियो । उक्त परियोजना अन्तर्गत अमेरिकाको चर्चित सेक्युरिटी कनसल्टिङ कम्पनीका बुज एलेनले बैंकमा बैंकिङ्ग सफ्टवेयरको रूपमा अन्तर्राष्ट्रिय सफ्टवेयरसँगै पुमोरी पनि प्रयोग गर्न सकिने प्रतिवेदन बुझाए । त्यो बेलासम्म ३–४ वटा बैंकमा पुमोरी प्रयोग भइरहेको थियो । त्यसपछि राष्ट्र बैंकले बैंकलाई लाइसेन्स दिनुअघि कुन सफ्टवेयर प्रयोग गर्ने, त्यसको निर्णय गर्नुपर्ने शर्त तोक्यो । राष्ट्र बैंकले शर्त तोकेपछि धेरैजसो बैंकले पुमोरीबाट सुरू गरेका थिए । विश्व बैंकको प्रतिवेदनमै पुमोरी स्वीकृत भएकाले धेरै गाह्राे भएन ।

पुमोरी सफ्टवेयर स्वदेश तथा विदेशका विभिन्न बैंक तथा वित्तीय संस्थामा प्रयोग भइरेहेको छ । पुमोरी लिगेसी बोकेको बैकिङ्ग सिस्टम हो । 

भर्खरै पुमोरी सफ्टवेयर इन्फोडेभलपर्स अन्तर्गत आएको छ । किन पुमोरी इन्फोडेभलपर्स अन्तर्गत ल्याउनु भयो ?

-पुमोरी सफ्टवेयर स्वदेश तथा विदेशका विभिन्न बैंक तथा वित्तीय संस्थामा प्रयोग भइरेहेको छ । पुमोरी लिगेसी बोकेको बैंकिङ्ग सिस्टम हो । ३० वर्षे इतिहासमा पुमोरी सफ्टवेयर डाउन भएको छैन । यसको बलियो ब्याकएन्ड छ । पुमोरीलाई हामी प्रत्येक ४–५ वर्षमा अपडेट गरिरहेका हुन्छौं । पुमोरीमा अहिले ३०–४० जना कर्मचारी कार्यरत छन् । २०–३० वर्षदेखि नै उहाँहरू पुमोरीका लागि काम गरिरहनु भएको छ । हामीले नयाँ उत्साहित र उर्जावान युवाहरूलाई आकर्षित गर्न खोजिरहेका थियौं । त्यसैबेला इन्फोडेभलपर्सले हामीलाई अप्रोच ग-यौं । इन्फोडेभलपर्समा उर्जावान युवाहरूले भरिपूर्ण छ । पुमोरीसँग अनुभव थियो भने इन्फोडेभलपर्ससँग उर्जावान टिम थियो । हामीलाई चाहिएको इन्फोडेभलपर्ससँग थियो, इन्फोडेभलपर्सलाई चाहिएको हामीसँग थियो । दुबैको आवश्यकता एक अर्कासँग अन्तरसम्बन्ध भएपछि पुमोरी र इन्फोडेभलपर्सबीच मर्जर सम्भव भयो । यसले बजारमा नयाँ सिनर्जी सिर्जना भएको छ ।

इन्फोडेभलपर्सले विशेष गरी सहकारी र लघुवित्तलाई सफ्टवेयर प्रदान गरिरहनु भएको छ । पुमोरी पनि अब इन्फोडेभलपर्सले व्यवस्थापन गर्ने भएपछि कम्पनीलाई कसरी अगाडि बढाउनुहुन्छ ? इन्फोडेभलपर्स फिनटेक कम्पनी हो । पुमोरी पनि फिनटेक कम्पनी हो । पुमोरी र इन्फोडेभलपर्सले तयार पारेका सफ्टवेयरमा केही समानता छन् । समानता भएका सफ्टवेयरलाई कहाँ र कसरी प्रयोग गर्ने बारे छलफल गर्छौं । कुन ठाउँमा कुन सफ्टवेयर उपयोगी हुन्छ, त्यो अनुसार निर्णय लिन्छौं र मिलेर अगाडि बढ्छौं ।

पुमोरी सफ्टवेयर नेपालमा मात्र नभएर विदेशमा समेत प्रयोग हुँदै आएको छ । कस्तो छ उहाँहरूको प्रतिक्रिया ?

-विदेशीहरूलाई सिस्टम कहाँ बनेको हो भन्ने कुराले फरक पार्दैन । विश्वका जुनसुकै देशमा चलेको किन नहोस् तर त्यो सिस्टमले उनीहरूको समस्या समाधान गर्नुपर्छ । म्यानमारमा हाम्रो सिस्टम प्रयोग भइरहेको छ । म्यानमारमा प्रयोगका लागि उनीहरूको आवश्यकता अनुसार झण्डै २ वर्ष लगायत मोडिफिकेसन गर्नुप¥यो । किनभने यहाँको सिस्टम त्यहाँ चल्दैन । उनीहरूको आवश्यकता पुरा भएपछि म्यानमारमा पुमोरी प्रयोग भयो । प्रकृतिमा मात्रै अन्तर्राष्ट्रिय हो, सोलुसन भने लोकल नै हो । म्यानमार बाहेक पुमोरी बंगलादेश र भारतमा पनि प्रयोग भइरहेको छ ।

कुनै पनि बैंकले पुमोरी सफ्टवेयर किन प्रयोग गर्ने ?

-किनभने पुमोरीले विगत ३० वर्षदेखि निरन्तर काम गरिरहेको छ । यसको एउटा विरासत छ अनि ग्राहकमाझ विश्वसनीय पनि छ । आज पनि विश्वका लोकप्रिय बैंकिङ्ग सफ्टवेयरहरू कम्तिमा २५ वर्ष पूराना छन् । नयाँ सिस्टमको विश्वसनीयता कम हुन्छ । बैंकिङ्ग सिस्टम ‘सेक्सियस्ट सिस्टम’ होइन । बैंकिङ्ग सिस्टमले २४ सै घण्टा काम गर्नुपर्छ, डाउन हुनुहुँदैन । हाम्रो पुमोरी पनि विगत ३० वर्षदेखि डाउन नभएर चलिरहेको छ । स्ट्याण्डर्ड चार्टड बैंकले चलाउने सिस्टम ४० वर्ष पूरानो हो ।

पुमोरीसँगै तपाई पनि इन्फोडेभलपर्सको अध्यक्षको रूपमा भित्रिनु भएको छ । आगामी दिनमा इन्फोडेभलपर्सलाई अगाडि बढाउने योजना के के छन् ?

-इन्फोडेभलपर्समा अध्यक्षको रूपमा भित्रिएसँगै अब समग्र कम्पनीलाई नै अगाडि बढाउन काम गर्नेछु । पुमोरी इन्फोडेभलपर्स अन्तर्गत आएसँगै मेरो रूची पुमोरीसँग मात्र नभएर त्यो भन्दा बाहिर पनि हुन्छ । इन्फोडेभलपर्सको पोर्टफोलियो ठूलो छ । सरकारीदेखि निजी संस्थालाईसम्म सफ्टवेयर सेवा दिइरहेको छ । इन्फोडेभलपर्सको आफ्नै क्लाउड पनि छ । उक्त क्लाउडको विकास र विस्तारमा प्राथमिकता दिएर साथ काम गर्नेछु । अहिले नेपालका धेरै संस्थाले विदेशी क्लाउड प्रयोग गरिरहेका छन् । अब विदेशी क्लाउड सेवा प्रयोग गरिरहेका संस्थाहरूलाई पनि इन्फोडेभलपर्सको क्लाउड सेवा प्रयोग गर्न प्रोत्साहन गर्छौं । किनकी यो सुरक्षित र भरपर्दो छ ।

Logo