पर्यटन मन्त्री किराँती एकाबिहानै विमानस्थल अनुगमनमा

पर्यटन मन्त्री किराँती एकाबिहानै विमानस्थल अनुगमनमा


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

बिहिबार बिहान साढे ५ बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थलमा सुधार भएको छ वा छैन भन्ने विषयमा स्थलगत अनुगमन गरेका हुन् । तेस्रो पटक अनुगमनमा पुगेका उनले विमानस्थल तुलनात्मक सुधार भएको भन्दै विमानस्थल सरसफाई गर्ने मदजुरलाई विशेष धन्यवाद दिए । उनले भने, ‘यो नै पूर्ण सुधार होइन । तर, क्रमिक सुधार भएको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४ सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद छ ।’

अनुगमनका क्रममा उनले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशनसमेत दिएका छन् । यस्तै, मन्त्री किरातीले पाँच सय ट्रलीको मूल्यंकन गरी आर्थिक प्रस्तावना तयार गर्न पनि निर्देशन दिएका छन् ।

 

Logo