आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरबिच सम्झौता

आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरबिच सम्झौता


आईएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबिच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार विद्युतिय कर भुक्तानीमा महानगरले आईएमई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्ने छ ।

हालै सम्पन्न सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुई संस्था बिच सो सहमति भएको हो । सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन् । 

सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्नेछन् । 

Logo