क्यान इन्फोटेक विजनेशलाई ब्राण्डिङ गर्ने प्ल्याटफर्म हो -चिरञ्जीवी अधिकारी

क्यान इन्फोटेक विजनेशलाई ब्राण्डिङ गर्ने प्ल्याटफर्म हो -चिरञ्जीवी अधिकारी


‘क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी मंगलबारदेखि सुरु भएको छ । क्यान महासंघले आयोजना गरेको उक्त मेलामाघ २९ गतेसम्म चल्नेछ । सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिज लगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् । महासंघले क्यान इन्फोटेक आयोजना गर्नुको उद्देश्य के हो ? र प्रदर्शनीका मुख्य आकर्षक के के हुन् ? यसै विषयमा केन्द्रबिन्दुले क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीसँग गरेको कुराकानी-

मेलाका मुख्य आकर्षण के-के छन् ?
अवलोकनकर्ताले क्यान इन्फो टेकमा आउँदा केही नयाँ सिकेर जाओस् । प्रविधि क्षेत्रको ज्ञान र सीप पनि लिएर जाओस् भनेर मेलासँगै सेमिनार पनि आयोजना गरेका छौँ । अर्कोतर्फ, नेपालमै बनेका घर र अफिसलाई डिजिटाइजेशन र अटोमेशन गर्ने एप्लिकेसन र इनोभेशन प्रडक्टहरुलाई प्राथमिकता दिएका छौँ । स्टार्टअप र इनोभेशन कम्पनीहरु कोरोनाको समयमा धराशयी भए त्यसैले त्यो विजनेश र युथहरुलाई प्रेरित गर्न स्टार्टअपलाई विशेष छुट र कतिपयलाई निःशुल्क पनि राखेका छौँ । 

यस पालिको मेला हार्डवयर भन्दा सफ्टवेयरमा बढी फोकस हो कि ?
यसपाली सफ्टवेयरलाई बढी फोकस गरिएको छ । क्यान इन्फोटेकको इतिहासमा नै पहिलो पटक सफ्टवेयर कम्पनी टाइटल स्पोन्सर भएको छ । क्यान इन्फोटेक भनेको विजनेशलाई ब्राण्डिङ गर्ने प्ल्याटफर्म हो । त्यसको साथसाथै, हामीले व्यक्तिको सीप पनि सेमिनार मार्फत ब्राण्डिङ गर्ने योजना छ । 

क्यान इन्फोटेकको पहिलाभन्दा जनआकर्षण घट्दो छ भन्छन् नि के हो ?
-अहिले डिभाइस हेरेर अफरहहरु मात्र बुझेर आउने हुन्छन् । तर क्वालिटी अवलोकनकर्ताहरुमा त्यस्तो देखिदैन् । उहाँहरु यहाँ आउनु भएको छ  । प्रतिक्रिया पनि दिनु भएको छ । तर पनि पहिला जस्तो भिडभाड अहिले छैन् । पहिला पहिला डिभाइस हेर्न क्यान नै आउन पर्ने हुन्थ्यो भने अहिले त्यस्तो छैन् । एउटै ठाउँमा सबै प्रविधिका प्रदर्शनी हुने भएकाले धेरै भिडभाड नभए पनि हामी क्वालिटीको हिसाबले सक्षम छौँ र यो सफल पनि भएको छ । 

क्यान इन्फोटेकमा दर्शकहरुले थाहा पाउने कुरा के-के हुन् ?
-हाड्वेयर, सफ्टवेयर, नेटवर्क र कन्टेन्टमा इनोभोसनको पार्ट छ । त्यसको लागि क्यान महासंघले आयोजना गरेको इन्फोटेक मै आएर विस्तृत रुपमा बुझी प्रयोग गरेर प्रतिक्रिया दिन अनुरोध गर्छु । 

यहाँ आएपछि दर्शक तथा अवलोकनकर्ताले निराश हुनु पर्ने अवस्था छैन ?
-यस्तो प्ल्याटफर्म अर्को नभएकाले निराश हुनुपर्ने छैन् । हार्डवेयर, सफ्टवेयर, कलेज, इनोभेसन, स्टार्टअप जस्ता फरक प्ल्याटफर्म राखी फरक च्वाइस हुनाले पनि निराश हुनु पर्ने छैन् । 

सूचना प्रविधिको उद्योगले सोचेको जस्तो विकास गर्न सकेन भनिन्छ यसमा के भन्नु हुन्छ ?
-यसमा धेरै कुरा छ । पहिला त हामी नीतिगत कुरामा धेरै कमजोर छौँ । कुनै नीति भनेर २–३ वर्ष थन्किन्छ तर ३ वर्षमा प्रविधि यति छिटो अपडेट भइसकेको हुन्छ कि त्यो पोलिसी नै आउटडेट भइसकेको हुन्छ । अर्को कुरा यसमा लगानी कम छ । यस्तै यसमा हाम्रो माइन्ड सेट नै छैन् । नेपाली प्रडक्टहरुलाई स्थापित गर्ने सोच नै छैन् । नेपाली प्रोडक्टउपयोगी हुँदाहुँदै पनि अनेक बहानामा बेवास्ता गरिन्छ । त्यो नै सूचना प्रविधिको विकासको बाधा हो । 

नेपालीले विदेशीहरुका लागि गरिरहेका कामहरु के-कस्ता छन् ?
-नेपालीहरुले नै यहाँ बसेर अमेरिका अष्ट्रेलिया र युकेका लागि काम गरिरहेका छन् । नेपालीको ज्ञान र क्षमता त्यहाँ प्रयोग भइरहेको छ । नेपालीले माई सप, सिस्को जस्ता टप कम्पनीमा काम गरिरहेका छन् । नेपालीलाई नेपालीले भन्दा पनि बाहिरी देशले चिनेको छ । जवसम्म यसलाई कसरी परिर्वतन गर्ने भन्ने कुरामा लाग्दैनौ तबसम्म यो स्थिति आउँछ । 

इन्टरनेसनल आइटी कम्पनीमा नेपालीहरुको कदर भएको छ भन्नु भयो । तर किन अहिले एआईको समयमा पनि नेपालमा फेसबुक गुगलका कम्पनीको सम्पर्क कार्यालय अथवा यहाँ आएर बस्ने अवस्था छैन ?
-नेपालको पोलिसीले इनोेभेशनलाई रोकेको छ । तपाईले हेर्नुभयो भने पठाओ, टुटल केशहरु कति देख्नुहुन्छ । इनोेभेशन पहिला आउँछ तर पोलिसी पछि आउने हो । हाम्रोमा इन्टरनेशनल कम्पनी यहाँ आउने पोलिसी, वातावरण नै छैन् । सरकारले प्ल्याटफर्म निर्माण गर्न सक्दैन् । त्यसैले उनीहरु आउने वातावरण नभएको खास कारण यही हो ।

अन्त्यमा मेला सम्बन्धी थप केही कुरा ?
-मेलामा आउनुस् । नजिकबाट चिन्नुस । तपाईहरुले देखेको, पढेको, सुनेको भन्दा आफैने देखेर बुझेकोबाट कम्फिडेन्ट बिल्डअप हुन्छ । तपाईहरु आएर प्रतिक्रिया दिनुभयो भने नेपालको आइटीको इको क्षेत्रमा स्थापित गर्न कोशे ढुङ्गा सावित हुन्छ । त्यसको लागि तपाईहरुको साथ, सपोर्ट, सुझाव र खबरदारी सबै चाहिन्छ ।

Logo