फागुनभित्र मोटरसाइकलको कर तथा नवीकरणमा जरिवाना छुट

फागुनभित्र मोटरसाइकलको कर तथा नवीकरणमा जरिवाना छुट


फागुनभित्र मोटरसाइकल तथा स्कुटरको कर तथा नविकरण दस्तुर भुक्तानी गरे ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ । 

यातायात व्यवस्था कार्यालयका अनुसार फगुन मसान्तसम्ममा सवारीधनीहरुले कर बुझाए जरिवाना छुटको व्यवस्था आइतबार एक सूचनामार्फत जानकारी दिएको हो । 

आर्थिक बर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण भुक्तानी नगरेका सवारी धनीलाई २०७९ फागुन मसान्तभित्र कर बुझाएमा प्रदेश सवारी ऐन अनुसार जरिवान छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

साथै आफ्नाे सवारीसाधनहरुको कर नविकरण तथा जरिवाना भुक्तानी गर्न यातायात व्यवस्था कार्यालयले अनुरोध  पनि गरेको छ । यसैगरी कार्यालयका अनुसार अविलम्व कर भुक्तानी गरेका सवारीधनीहरुले ट्राफिक कारबाहीमा परी नियन्त्रणमा रहेका सवारीसाधनहरुलाई पनि जरिवाना छुटको व्यवस्था रहेको जनाएको छ ।

Skip This
Logo