राजनीतिक संयन्त्रको बैठक रोकेर प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा

राजनीतिक संयन्त्रको बैठक रोकेर प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा


उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो ३ बजे बस्ने भनिएको संयन्त्रको बैठक स्थगित गरेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत प्रधानमन्त्री प्रचण्ड र ओलीबीच वालुवाटारमै छलफल भैरहेकाे हाे । हाल दुई नेताबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनेबारे छलफल भैरहेको बताइएको छ । रावलले बिहीबार विश्वासको मत नदिए सरकार ढल्ने खतरा छ ।  

आज बस्ने भनिएकाे संयन्त्रको बैठकमा भने मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको बिषयमा छलफल हुने बताइएकाे थियाे ।दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थीति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिएपछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो ।

Logo