विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले बुझाए राजीनामा

विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले बुझाए राजीनामा


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदबाट राजीनामा बुझाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । 

प्रदेशसभाको बैठकमा रावलले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख भीम भण्डारीले घोषणा गरेका हुन् । 

गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलले बिहीबार (२६ माघ)भित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने थियो । तर, सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसद भने बैठकमा अनुपस्थित भएका कारणले रावलले विश्वासको मत पाउन सकेनन् । योसँगै रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका छन् ।  

Logo