कराँते च्याम्पियनसिपः पुरुष टिम कातामा एपिएफ च्याम्पियन

कराँते च्याम्पियनसिपः पुरुष टिम कातामा एपिएफ च्याम्पियन


दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता अन्तर्गत बिहीवार भएको महिला एकल कातामा नेपाल पुलिसकी चन्चला दनुवार र पुरुषतर्फ एपिएफका सोनिम मानन्धरले स्वर्ण पदक जितेका छन् । 

ललितपुरस्थित सातदोबाटेको कराते हलमा भएको प्रतियोगिता बिहीवार भएको महिला तर्फको कातामा चन्चलाले कर्णाली प्रदेशकी एलिशा रासकोटीले पछि पार्दै स्वर्ण पदक जितेकी हुन् । यसै स्पर्धामा वागमती प्रदेशकी मिरा खाती र प्रदेश १ की रोश्मा राईले कास्य पदक जिते । पुरुषतर्फ सोनिम मानन्धरले पुलिसका महशुस मोक्तानलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । स्पर्धामा मधेस प्रदेशका रेहान जाभेद र त्रिभुवन आर्मीका विनय लिम्बूले कास्य पदक निकाले । 

यस्तै टिम कातामा एपिएफले स्वर्ण पदक जितेको छ । फाइनलमा नेपाल पुलिस क्लवलाई हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । फाइनलमा एपिएफले २४.३६ अंक र पुलिसले २३.८२ अंक जोडेको थियो । त्रिभुवन आर्मी क्लव र प्रदेश १ ले कास्य पदकमा चित्त बुझाए । टिम इभेन्टमा ९ टोलीको सहभागिता थियो ।

गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन गर्ने राष्ट्रिय कराँते प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिष्पर्धा हुनेछ ।

पहिलो हुने प्रत्येक खेलाडीहरुलाई स्वर्ण पदक सहित स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गरिनेछ ।  दोस्रो र तेस्रो हुनेहरुले पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफिसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभागका खेलाडीको सहभागिता रहेको छ । 

Logo