शेयर बजारमा पहिरो : ४२.७८ अंकले घट्यो

शेयर बजारमा पहिरो : ४२.७८ अंकले घट्यो


काठमाडौं ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि शेयर बजारमा पहिरो गएको छ । आइतबार १ सय ८९ कम्पनीको ४६ लाख ६१ हजार ६ सय ८ कित्ता शेयरको १ अर्व ८४ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ । आइतबार कारोबार भएका १२ वटा उपसमुहको सुचक घटेको छ ।

अघिल्लो साता सबैभन्दा बढी वाणिज्य बैंकहरुको शेयर मूल्य बढेको थियो । हालको बजार विन्दुमा नै केही प्रतिशत नाफा भएपछि लगानीकर्ताहरु नाफा बुकिङमा लागेका थिए । तर आइतबारको कारोबारले लगानीकर्ता झस्किएका छन् ।

आइतबार बैंकिङ समूहको ३.३५, होटलको ४ दशमलव ४९, विकास बैंकको ३.०१, फाइनान्स कम्पनीको २.१२, निर्जिवन बीमा कम्पनीको ३.५२ प्रतिशत र जीवन बीमा कम्पनीको ३.२९ प्रतिशतका दरले कारोबार घटेको छ ।

Logo