भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै


भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।

आगामी फागुन १ गते सोमबार उनी नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सो अवसरमा विदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने जनाइएको छ। 

Logo