दाहाल र पोखरेललाई कार्यकारी अधिकार

दुई अध्यक्ष सहित चलिरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विभिन्न बैठक र निर्णयको प्राधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा हस्तान्तरण हुने भएको छ । आजको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई पार्टीको कार्यकारी अधिकारका लागि सहमति जुटाउन पहल गर्ने बताइएको छ ।

त्यस्तै मन्त्रिपरिषद्को बैठक डाक्ने र दीर्घकालिन महत्वबाहेकका निर्णय गर्ने अधिकार उपप्रधानमन्त्री इश्वर पोखरेललाई दिन लागिएको छ ।

बैठकमा सरकारका मन्त्री हेरफेर गर्ने सम्बन्धमा पनि छलफल हुने बुझिएको छ । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री पोखरेल बाहेक अन्य मन्त्रीको विकल्पबारे सचिवालयका नेताहरुसँग सुझाव लिने बताइएको छ ।

दाहाल र पोखरेललाई कार्यकारी अधिकार