अध्यक्ष ओली भन्छन्- ‘हामीले भनेकै राष्ट्रपति हुन्छ’

अध्यक्ष ओली भन्छन्- ‘हामीले भनेकै राष्ट्रपति हुन्छ’


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।

संघीय संसदको दुवै सदनलाई सम्बोधनपछि राष्ट्रपतिले विद्यादेवी भण्डारीले सम्वोधन गरेपछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले भने-‘हामीले भनेकै ब्यक्ति (राष्ट्रपति) हुन्छ ।’ साथै उनले केन्द्र सरकार जोगिने/नजोगिनेबारे हेर्दै जानुपर्ने टिप्पणीसमेत गरेका छन् । 

आगामी २५ मा फागुनमा हुने राष्ट्रपतिको निर्वाचन र उम्मेदवारको विषयले सत्तारुढ दलभित्र अविश्वास पैदा भएको छ । कांग्रेसले राष्ट्रपतिमा आकांक्षा देखाएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समर्थन गर्न लागेको विषयले प्रमुख सत्ता साझेदार एमाले सशंकित हुँदै आएको छ । 

Logo