टर्कीमा १० दिने शिशुको ९० घण्टापछि जीवितै उद्धार

टर्कीमा १० दिने शिशुको ९० घण्टापछि जीवितै उद्धार


सोमबारको पहिलो शक्तिशाली भूकम्प गएको करिब ९० घण्टापछि टर्कीमा एक नवजात शिशु र उनकी आमालाई भग्नावशेषबाट उद्धार गरिएको छ । यागिज नाम गरेको १० दिने शिशुलाई हाते प्रान्तको भग्नावशेषबाट निकालिएको थियो। 

बच्चालाई रातभर सावधानीपूर्वक बाहिर निकालिएको भिडियो सार्वजनिक भएको छ । भर्खरै जन्मेको यागिजलाई न्यानाे कम्बलमा बेरेर उपचारको लागि एम्बुलेन्समा लगिएको थियो। आमालाई स्ट्रेचरमा राखेर बाहिर ल्याइएको थियो । दुबैको स्वास्थ्यको बारेमा तत्काल थप अपडेट उपलब्ध भएको छैन । 

यद्यपि, टर्की र सिरियामा खोजी र उद्धार जारी छ । सोमबार बिहानको प्रारम्भिक ७.८ म्याग्निच्युडको भूकम्प र त्यसपछिका परकम्पनबाट २१ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । यसअघि उत्तरी सिरियामा एउटा घरमा एक नवजात शिशु फेला परेकी छन्। फेला पर्दा उनको नाभी आमाको शरीरसँग जोडिएको थियो तर आमाको भने मृत्यु भइसकेको थियो।

Logo