नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो, ६ जना सक्रिय संक्रमित

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो, ६ जना सक्रिय संक्रमित


कोरोना भाईरस संक्रमणबाट हालसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पिसिआर परिक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजा ५ सय ७६ जनाको गरिएको छ । अस्पतालमा आएका मध्ये ९८ लाख ९ हजार ८७ जना उपचार निको भई घर फर्केका छन् । खोप अभियान सुरु भएदेखी अहिलेसम्म ५ करोड ३५ लाख ६ हजार २ सय ७ खोप लगाईसकिएको छ ।

यसैबिच, शुक्रबार मात्र देशभर तीनजना कोरोनाका संक्रमित थपिएका छन् । एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एकजना संक्रमण मुक्तसमेत भएका छन् । देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Logo