टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो


टर्की र सिरियामा भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या २३ हजारभन्दा बढी पुगेको छ ।

सोमबार गएको भूकम्पमा परि अहिलेसम्म २३ हजार ७ सय जनाको मृत्यु भएको पुष्टि भएको स्थानीय अधिकारीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । दशौँ हजार घाइते भएका छन् भने धेरै मानिसहरु अझै पनि भग्नावशेषमा पुरिएको आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको छ । चिसो र वर्षाका बाबजुत पनि उद्धारकर्मीले खोजी अभियानलाई निरन्तरता दिइरहेका छन् । उद्धारकर्मीले भग्नावशेषबाट केहीलाई जीवितै उद्धार गरेका छन् ।

टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील समेत गरेका छन् । विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । यसैबिच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन आह्वान गरेका छन् । साथै उनले आगामी साता टर्कीए र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन् ।
 

Logo