फिफा बर्ष खेलाडीका लागि मेसीसहित तीन मनोनयन, रोनाल्डो परेनन्

फिफा बर्ष खेलाडीका लागि मेसीसहित तीन मनोनयन, रोनाल्डो परेनन्


द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा लियोनल मेसी, केलियन एमबाप्पे र करिम बेन्जेमा परेका छन् ।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीन जनाको नाम तय भएको हो । सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गरिएको हो । सन् २०१८ बाट सुरु भएको यो अवार्डका लागि मेसी अन्तिम तीनमा पर्न एक पटक मात्र असफल भएका खेलाडी हुन् ।

यी तीन मध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेस्सीले द वेष्ट फिफा अवार्ड जितिसकेका छन् । मेसी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए भने पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका छन् । तर, यस बर्षको उत्कृष्ट खेलाडी मनोनयनमा रोनाल्डो भने मनोनयनमा परेनन् । यसअघि उनी प्रायः पर्दै आएका थिए । 

Logo