भक्तपुरमा दुई छुटाछुटै सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

भक्तपुरमा दुई छुटाछुटै सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु


भक्तपुरको दुई छुटाछुटै स्थानमा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

भक्तपुरको नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल चागुँनारायण नगरपालिका वडा नं. ६ बाख्रीगाँउमा आफै अनियन्त्रित भई सडकबाट १५÷२० मिटर तल खस्दा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौ शंखरापुर नगरपालिका वडा नं. ५ पालुवारीका ४० बर्षिया शंखर भोलोन तामाङ रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते भई उपचारको लागि सुस्मा मेमोरियल अस्पताल साँखु काठमाण्डौ लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । मृतकको शव पोष्टमार्टमकालागी भक्तपुर अस्पताल ल्याइएको जनाइएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै, सूर्यविनायक नगरपालिका वडा नं. ७ जोरपाटीमा बनेपाबाट जगातीतर्फ आउँदै गरेको बा ४ ख ८९१२ नं. को बस र सोही दिशाबाट आउँदै गरेको बा ९९ प ३४८५ नं. को स्कुटर एक आपसमा ठाकिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा खोलीखर्क गाँउपालिका वडा नं. ७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ झौखेल बस्ने बर्ष ३९ की ओमकुमारी श्रेष्ठ रहकी छन् । स्कुटरले बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जनाइएकोे छ ।

गम्भीर घाईते भएकी श्रेष्ठको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटि गई दुबै सवारी साधन र बस चालक भक्तपुर भक्तपुर नगरपालिका वडा नं. २ ईताछे बस्ने ४१ बर्षका दयाराम देशेमरु प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।

Logo