टर्कीमा भुकम्पको ५ दिनपछि एकै परिवारका ६ जनाको उद्धार

टर्कीमा भुकम्पको ५ दिनपछि एकै परिवारका ६ जनाको उद्धार


टर्कीमा भुकम्प गएको पाँच दिनपछि एक परिवारका सबै जनालाई जिउँदै उद्धार गरिएको छ ।

टर्कीको हंटे प्रान्तको भग्नावशेषवाट ६ जनाको परिवारलाई पाँच दिनपछि उद्धार गरिएको हो । भत्किएका भवनमुनि पुरिएका वा च्यापिएका मानिसहरूको खोजीको क्रममा ती ६ जनालाई उद्धार टोलीले जीवीत उद्धार गरेको हो । उनीहरुको अहिले स्थानिय अस्पतालमा उपचार भईरहेको टर्कीका सञ्चार माध्यमले जनाएका छन् ।

Logo