#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1213057655066945662777013630
नेपाल164233586367752

आलमलाई नख्खु कारागार ल्याइयो

file photo

काठमाडौं,

पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएपछि नेपाली काँग्रेसका निलम्बित सांसद मोहमद अफताब आलमलाई आज बिहान नख्खु कारागार ल्याइएको छ।

१२ वर्ष अघि बम विस्फोटमा घाइते भएकालाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा आलमलाई शुक्रबार जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

आलमलाई आज बिहान ४ः३० बजे ललितपुरस्थित नख्खु कारागार ल्याइएको हो । उनलाई जिल्लामै राख्दा खतरा हुने भएकाले गृह मन्त्रालयको आदेश अनुसार नख्खु ल्याइएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार