सांसदहरूका लागि आज शितलनिवासमा चियापान कार्यक्रम

सांसदहरूका लागि आज शितलनिवासमा चियापान कार्यक्रम


राष्ट्रपति विद्यादेवी भण्डारीले आज नवनिर्वाचित सांसदहरूको सम्मानमा शीतलनिवासमा चियापानको आयोजना गर्नेभएकी छन् ।

दिउँसो ३ बजे चियापान कार्यक्रम आयोजना हुने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । कार्यक्रममा राष्ट्रपति भण्डारीले सांसदहरुलाई बधाई तथा शुभकामना दिने बताइएको छ । राष्ट्रपति भण्डारीको कार्यकाल आउँदो फागुन २८ गते सकिँदै छ । नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन तय गरिएको छ ।
 

Logo