प्रचण्डको घरबेटीपछि अर्को ठेकेदारको पनि उस्तै विरोध (फोटो फिचर)

बिकास निर्माणको ठेक्का लिएर अलपत्र पार्ने निर्माण व्यवसायीहरूको विरोध गर्ने नौलो तरिका भाइरल बनेको छ।  केही दिनअघि नगरकोटका स्थानीयले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको फोटो सार्वजनिकस्थलमा टाँसेर विरोध गरिएको थियो। उक्त पोस्टरहरू अहिले प्रहरीले हटाएको छ।

विरोधको यो शैली अन्यत्र पनि अवलम्बन हुन् थालेका छन् । दोलखाका स्थानीयले  शंकरमाली निर्माण सेवाका सञ्चालक दीपक सापकोटाको तस्बीर  सार्वजनिकस्थलमा टाँसेका हुन्।  उनीहरुले अरनिको राजमार्गमा चल्ने सवारीसाधनहरूमा सापकोटाको फोटो टाँसेका हुन् ।

सापकोटाको कम्पनीले ठेक्का पाएको अरनिको राजमार्गको सिन्धुपाल्चोक खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ५५ किलोमिटर सडकखण्डको विस्तार कार्य अलपत्र रहेको स्थानीयको आरोप छ।  यो सडक विस्तारका लागि भारतीय एक्जिम बैंकको ऋण लगानीमा सरकारले करिब १ अर्ब २० करोडको लागतमा ठेक्का दिएको थियो।

चार वर्ष अघिदेखि थालेको काम अहिलेसम्म पनि सम्पन्न नगरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

प्रचण्डको घरबेटीपछि अर्को ठेकेदारको पनि उस्तै विरोध (फोटो फिचर)