उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी


उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

जारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संयन्त्र संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न संयन्त्र बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरू सरकारबाट फिर्ता बोलाए पनि ती मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएका छैनन्। सत्ता गठबन्धनका छलफलमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि कुराकानी भइरहेका छन्। यस्तै, फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल हुने बताइएको छ। एमालेलगायत ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड राष्ट्रपति पदमा राष्ट्रिय सहमतिको पक्षमा छन्। एमाले भने पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपति पदमा एमालेबाट उम्मेदवार हुनुपर्ने अडानमा रहेको छ।

Logo