टर्की भूकम्पः कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी

टर्की भूकम्पः कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी


टर्की सरकारले गत सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरुलाई पक्राउ पुर्जी जारी गरेको छ ।

जसमध्ये टर्की पुलिसले निर्माण ठेकेदारसहित कम्तिमा २१ जनालाई हिरासतमा लिईसकेको छ । भूकम्प प्रतिरोध घर निमार्ण नगरेको आरोपमा उनीहरुलाई धमाधम पक्राउ गरेको हो । झन्डै तीनसय निर्माण कम्पनिका ठेकेदारहरु पक्राउ पर्ने देखिएको छ । यसअघि सरकारले भूकम्प प्रतिरोध घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनिहरुले भूकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्टचार गरेका कारण विशाल संरचना भत्कन पुगेको टर्की सरकारका अधिकारीले निष्कर्ष निकालेका छन् ।

ठेकदारले भूकम्म प्रतिरोधी घर नबनाएका कारण धेरैको ज्यान गएको टर्कीका सुरक्षा अधिकारीहरुले निष्कर्ष निकालेपछि निमार्ण कम्पनि र त्यसका ठेकेदारहरुलाई तिब्र गतिमा पक्राउ गर्न थालिएको हो । भूकम्पका कारण टर्कीका हजारौं विशाल भवनहरू भत्किएका छन् ।

गत सोमबार गएको ७.८ रेक्टरको भुकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या ३० हजार भन्दा माथी पुगिसकेको छ । हिमपात र बर्षाको कारण उद्धार र राहातमा उद्धारकर्मीहरुलाई बाधा पुगिरहेको छ । 

Logo