निर्वाचन आयोगद्धारा चितवन-२ मा उपनिर्वाचन गराउन आजबाट काम सुरु

निर्वाचन आयोगद्धारा चितवन-२ मा उपनिर्वाचन गराउन आजबाट काम सुरु


निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नं. २ मा हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आजैबाट काम सुरु गरेको जनाएको छ ।

हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्याबधिक गरेर आजदेखी नै काम सुरु गरेको हो । आयोगले सार्वजनिक गरेको तालिका अनुसार फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ ।

त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्य चैत २३ गते हुनेछ ।

गत साता सर्वोच्च अदालतको संवैधानिक इजालासले सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले नेपाली नागरिकता नलिई प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको ठहर गर्दै उनको सांसद पद खारेज गरि दिएपछि चितवन–मा प्रतिनिधिसभाको सदस्य रिक्त हुन पुगेको थियो । सो रिक्त स्थानमा निर्वाचन आयोगले आइतबार वैशाख १० मा सो क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

अमेरिकाको नागरिकता त्याग गरेको जनाए पनि तत्कालिन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले नेपाल फर्केपछि भने नेपाली नागरिकता नलिएको ठहर भएपछि सर्वोच्च अदालते उनको सांसद पद खारेज गरिदिएको थियो ।

Logo