फर्पिङ नाकाबाट चल्ने सवारी साधान सञ्चालनमा रोक

फर्पिङ नाकाबाट चल्ने सवारी साधान सञ्चालनमा रोक


काठमाडौंको फर्पिङ नाका भएर चल्ने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

फर्पिङ नाकाबाट सिस्नेरी र फाखेल हुँदै हेटौंडातर्फ जाने र आउने दुवै तर्फका सवारीसाधन संचालनमा रोक लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार सडक कालोपत्रेका कारण सो नाका भएर चल्ने सवारीसाधन सञ्चालनमा सोमबारदेखि रोक लगाइएको हो । ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न आग्रह गरेको छ ।

Logo