मधेसका मुख्यमन्त्री भन्छन्- संघीयता कसैले दिएको भिख होइन

मधेसका मुख्यमन्त्री भन्छन्- संघीयता कसैले दिएको भिख होइन


मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको बताएका छन् । 

सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् । उनले अहिलेको संघीयता आम नागरिकले लडेर ल्याएको बताए । स्थानीय निर्वाचनमा जितेका र प्रदेश र प्रतिनिधि सभामा निर्वाचन जितेका केही सांसदहरुले संघीयता चाहिँदैन भनिरहेको भन्दै संघीयता उनीहरु कसैले दिएको भिख नभएको उनले जिकिर गरे । 

उनले मधेस प्रदेशका नागरिक रहेसम्म संघीयता रहीरहने दाबी गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले इमान्दारका साथ प्रहरी समायोजन र निजामति ऐन लगायतका कानूनहरु पास गर्नेमा विश्वस्त रहेको बताए । 

जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५४० जना शहीद परिवारलाई एक लाख रुपौयाँका दरले रकम हस्तान्तरण गरेको छ ।

Logo