यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्।
अखिल नेपाल मजदुर संघले एक विज्ञप्तिमार्फत मंगलबारदेखि उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । ‘श्रमिकहरुमाथि आक्रमण गर्ने सबै आक्रमणकारीहरुलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्नए अनुरोध गर्दछौँ । र हाम्रो पूर्वनिर्धारित कार्यकमलाई जोड्दै हाम्रा सम्पूर्ण दश बुँदे मागहरु पूरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारी साधानहरु फागुन २ गतेदेखि बन्द हुने यसै विज्ञप्तिमार्फत सबैलाई जानकारी गराउँलछौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।
सोमवार यातायात मजदुरले नयाँ बषपार्क क्षेत्रको सडकमा सवारी साधन तेर्स्याएर सडक अवरुद्ध गरेका छन्। बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ । बालाजु चोकबाट माछापोखरीसम्म सडक अवरुद्ध छ ।आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा समेत आगजनी गरेका छन् ।
हेर्नुहोस्, विज्ञप्ति-
प्रतिक्रिया