काठमाडौं,
सरकारले गत आर्थिक वर्षमा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई आज सम्मान गरेको छ । ८ औं कर दिवसको अवसरमा सरकारले १५ करदातालाई सम्मान गरेको हो । विभिन्न १५ क्षेत्रमा धेरै र समयमै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको हो । करदातालाई अर्थमन्त्री डा युवराज खतिवडाले सम्मान गरेका हुन् ।
धेरै कर तिर्ने व्यक्ती तथा संस्थाहरु:
सबैभन्दा धेरै कर तिर्ने करदाताः रवी केसी, सूर्य नेपाल
निर्यातकर्ता आयकर: पंकज बजाज, डाबर नेपाल
उद्योग (मदिरा र चुरोट बाहेक): जगदम्बा, सुलभ अग्रवाल
कृषिः अन्नपूर्ण एग्रो, राजेश कुमार अग्रवाल
लघुवित्तः छिमेकी लघुबित्त रहेका छन् ।
यस्तै बैंक तर्फ राष्ट्रिय वाणिज्य बैंक , किरणकुमार श्रेष्ठ
बीमाः नेपाल लाईफ, विवेक झा
स्वास्थ्य शिक्षाः मणिपाल मेडिकल कलेज
सूचना प्रविधिः वर्ल्डलिंक, दिलिप अग्रवाल
व्यापारः अग्नि इन्कर्पोरेट, क्याबिनेट श्रेष्ठ
पर्यटनः हायात, सुरेशलाल श्रेष्ठ
मध्यम करदाताः कामना सेवा विकास बैंक, हरिप्रसाद
आन्तरिक कार्यालय तर्फः भिएस मोरिसस
व्यक्तिगतः सिध्दार्थ शमशेर जबरा
भ्याटः घोराही,सिमेन्ट संजय बंसल
रहेका छन् ।