नामिबियाविरुद्ध टस जितेर फिल्डिङमा नेपाल

नामिबियाविरुद्ध टस जितेर फिल्डिङमा नेपाल


नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा नामिबियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

टियु क्रिकेट मैदानमा सुरु भएको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरू हुने खेलमा नामिबियाले सुरुआतमा ब्याटिङ गर्नेछ । घरेलु टोली नेपाल नामिबियामाथि सानदार जित हात पार्ने सोचका साथ मैदान उत्रदैछ । उक्त खेलमा सन्दिप लामिछाने पनि सहभागी हुदैँछन्  । नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ भने नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारका साथ ३७ अंक सहित तेस्रो स्थानमा छ ।  

Logo