बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुरा आउनु राम्रो होइनः सिइओ ढुंगाना

बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुरा आउनु राम्रो होइनः सिइओ ढुंगाना


नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अहिले बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुरा आउनु राम्रो नभएको बताएका छन् । 

बुधवार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकको ब्याजदर लगायतको विषयलाई लिएर ऋणीहरुले बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुराहरु आउनु राम्रो नभएको बताएका हुन् । उनले बैकहरुले ऋणीहरुलाई प्रिमियम तथा ब्याजदर बैंकको लगानी,लागत खर्चको आधारमा बढी नभएको बताए । 

उनले बैंकको लगानी, लागत खर्च हेर्दा व्यवसायीहरुले भनेजस्तो र सञ्चारमाध्यममा आए जस्तो बैंकहरुले धेरै नाफा नकमाएको बताए । उनले निक्षेपकर्ताको रकम सुरक्षा गर्न पनि बैंकको न्युनतम नाफा हुनुपर्ने दाबी गरे । 

प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंक वित्तीय संस्था नाफामा सञ्चालन हुन नसके निक्षेपकर्तामा बैंक प्रतिको विश्वास सिर्जना हुन नसक्ने बताए । उनले अहिलेकै अवस्थामा बैंकहरुले तत्कालै एकल बिन्दुमा ब्याजदर कायम गर्न नसक्ने बताए । बैंकको ब्याजदर नेपालमा मात्रै नबढेको भन्दै अन्तर्राष्ट्रिय बजारको असर नेपालमा पनि परेको उनले बताए ।  

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत ढुंगानाले पछिल्लो समय बैंकहरुमा खराब कर्जा डर लाग्ने किसिमले बढ्दै गएको बताए । उनले कोभिडको असर अर्थतन्त्रमा भर्खर देखिन लागेको भन्दै कोभिड सकियो भनेपनि असर सकियो भन्ने अवस्था नभएको बताए । कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ऋणीले तिर्न नसकेर बैंकहरुले उठाउन नसकेको उनले बताए । 

उनले अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्नुको एउटै मात्रै उद्देश्य मूल्य वृद्धि नियन्त्रण गर्नुभएको बताए । उनले  बजारमा तरलता सहजता भएमा ब्याजदर घट्नसक्ने बताए । सरकारले बजेट घटाएको भन्दै त्यसमा विकास खर्च कम गरेको भए बजारमा बढी असर पर्ने उनले बताए ।  
 
प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकहरुले १४ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दा पनि धेरै मार्जिन नराखेको बताए । 

Logo