आजको मौसमः सुदुरपश्चिम र कर्णालीमा आंशिक बदली रहने

आजको मौसमः सुदुरपश्चिम र कर्णालीमा आंशिक बदली रहने


हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखका अनुुसार राती भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहुन महाशाखाले अनुरोध गरेको छ। 

Skip This
Logo