पूर्वराजा ज्ञानेन्द्र नाइट क्लबमा !

काठमाडौं,

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एउटा नाइट क्लबमा गएपछि उनको बारेमा निकै टिका टिप्पणी शुरु भएको छ । कसैले यसलाई पोजिटिभ मानेका छन् भने कसैले अन्य कोणबाट टिप्पणी गरेका छन् ।

उनी नाइट क्लबमा नाचेको फोटो र भिडियो सार्वजनिक भएको छ । परिवारका सदस्यसहित नाइट क्लबमा पुगेका शाह सहभागीहरुसँग हात समाउँदै, नाच्दै गरेको फोटो र भिडियो एलओडी नाइट क्लबले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ ।

पूर्वराजा शाहको साथमा उनकी बुहारी हिमानी तथा नातिनी प्रेरणा पनि रहेको तस्वीरमा देखिन्छ । ज्ञानेन्द्र र हिमानी नाचेको भिडियो र फोटो सार्वजनिक भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भने यसको निकै प्रशंसा गरेका छन् ।

तस्बिरहरु : एलओडी नाइट क्लब

पूर्वराजा ज्ञानेन्द्र नाइट क्लबमा !