#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1286025056796547976507494635
नेपाल167193882398442

माथिल्लो त्रिशूली थ्री ए आयोजनाको उद्घाटन आज

काठमाडौं,

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको आज उद्घाटन हुदैछ । रसुवा र नुवाकोट जिल्लामा निर्माण भएको ६० मेगावाटको सो आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाटै स्वीच थिचेर उद्घाटन गर्नु हुने बताइएको छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको सिम्ले पुगेर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

आयोजनाको गत जेठ ३ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । पहिलो र दोस्रो युनिटको क्षमता ३०/३० मेगावाट रहेको छ । आज उद्घाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन हुने र दिनमा १४ लाख ४० हजार युनिट विजुली उत्पादन हुने बताइएको छ ।

सम्बन्धित समाचारहरु