प्रधानमन्त्री प्रचण्डलाई भेटेर संवैधानिक आयोगका अध्यक्षहरुले राखे दरबन्दी थपकाे माग

प्रधानमन्त्री प्रचण्डलाई भेटेर संवैधानिक आयोगका अध्यक्षहरुले राखे दरबन्दी थपकाे माग


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सात संवैधानिक आयोगका अध्यक्षहरुले आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग राखेका छन् । 

बिहीवार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले संयुक्त रुपमा प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन् । भेटमा आयोगका अध्यक्षहरुले आ–आफ्नो आयोगमा भएका समस्याहरु प्रधानमन्त्री समक्ष राखेका छन् । 

भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरुले आयोगमा स्रोत, साधन र कर्मचारीको दरबन्दी न्युन भएकाले काम गर्न समस्या परेको कुरा प्रधानमन्त्री समक्ष राखेको बताए । उनले आयोगहरुमा स्रोत, साधन र कर्मचारीको दरबन्दीको थप गर्न माग गरिएको जानकारी दिए । 

सो क्रममा प्रधानमन्त्री प्रचण्डले संवैधानिक आयोगहरुलाई बलियो बनाउनका लागि सरकारले प्रयास गर्ने प्रतिवद्धता गरेको मुस्लिम आयोगका अध्यक्ष अन्सारीले बताए । 

Logo