अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी


नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको मतगणनामा निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट, महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् ।

यसैगरी, कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, दीपेश प्रसाईँ, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई र विनिता काफ्ले विजयी भएका छन् । अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए।

Logo