लिस्कको उत्कृष्ट शतकमा नेपाललाई स्कटल्यान्डको बलियो लक्ष्य

लिस्कको उत्कृष्ट शतकमा नेपाललाई स्कटल्यान्डको बलियो लक्ष्य


स्कटल्यान्डले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । अलराउन्डर माइकल लिस्कको शतकमा स्कटल्यान्डले उत्कृष्ट पूनरागमन गरेको हो । 

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो । खराव सुरुवात गरेको स्कटल्यान्डका लागि सातौँ नंबरमा आएका अलराउन्डर लिस्कले उत्कृष्ट पूनरागमन गराएका हुन् । उनी ८५ बलमा ९ छक्काको मदतमा १०७ रनमा अविजित रहे । 

साथै ज्याक जर्भिसले २६ रन,  क्रिसटोफेर म्याकबड्री र ब्राण्डन एमसीमुल्लनले समान २२/२२ रन जोडे भने मार्क वाटले २० रन, ओपनर कप्तान रिची बेरिंग्टन र टम म्याककिन्टसले १९/१९ रन जोडे । खेलकाे २४.२ ओभरमा स्कटल्यान्ड १११–६ को अवस्थामा पुगेको थियो । तर, मध्यक्रममा नेपालको बलिङ फितलो बन्दा स्कटल्यान्डले राम्रो फाइदा उठाउन सफल भयो । 

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने कुशल मल्लले २ विकेट तथा सोम्पाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए । 

Logo