स्कटल्यान्डको बलियो लक्ष्यविरुद्ध नेपालको खराव सुरुवात

स्कटल्यान्डको बलियो लक्ष्यविरुद्ध नेपालको खराव सुरुवात


आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्याण्डले दिएको चुनौती पछ्याएको नेपाललाई झट्का लागेको छ ।

नामिबियाविरुद्ध उत्कृष्ट खेलेका कुशल भुर्तेल आउट भएका छन् । नामिवियाविरुद्ध शतकीय इनिङ्स खेलेका भुर्तेलले ८ बलमा ४ चौकासहित १६ रन बनाएर आउट भएका हुन् । साथै अर्का ओपनर आशिफ शेख र  ज्ञानेन्द्र मल्ल पनि सस्तैमा आउट भएका छन् । शेख ९ रन तथा मल्ल ४ रनमा पेभेलियन फर्किएका हुन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनाती नेपालले पछ्याइरहेको छ । ४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर नेपालले ४० रन जोड्दै चुनौती पछ्याइरहेको छ । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको हो । स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।

पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा रहेका छन् । स्कटल्याण्डसँग पहिलो पटक घरेलु मैदानमा खेल्दै गरेको नेपाल जित निकाल्न चाहान्छ । नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । यता स्कटल्यान्ड तीन खेल अगाडीनै च्याम्पियन बन्दै यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भएको छ । स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।

Logo