स्ववियू निर्वाचनको तयारीमा जुट्न अनेरास्ववियूलाई अध्यक्ष ओलीको निर्देशन

स्ववियू निर्वाचनको तयारीमा जुट्न अनेरास्ववियूलाई अध्यक्ष ओलीको निर्देशन


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पाटी निकट विद्यार्र्थी संगठन अनेरास्ववियूलाई निर्देशन दिएका छन् । 

अनेरास्ववियूको नवनिर्वाचित केन्द्रिय कमिटीलाई शुक्रबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सपथग्रहण गराउने क्रममा अध्यक्ष ओलीले तत्काल स्ववियू निर्वाचनको तयारीमा जुटनुपर्ने अवस्था रहेको बताएका हुन् । स्ववियू निर्वाचन आगामी चैत्र ५ गते हुँदैछ । सो निर्वाचनका लागि आजैबाट अनेरास्ववियूले काम गर्नुपर्ने उनको भनाई थियो । 

उनले स्ववियू निर्वाचनमा टिक्न नसकेकै कारण नेविसंघको जन्म भएको उल्लेख गर्दै उसलाई परास्त गर्नेगरी अन्य संगठनहरुसँगको सहकार्यलाई अघि बढाउन पनि अनेरास्ववियू सफल हुने विश्वास व्यक्त गरे । 

अध्यक्ष ओलीले अनेरास्ववियूका नेताहरुलाई अहंकार नलिई काम गर्न पनि आग्रह गरे । अहंकार र दम्भले आफैं सकिने भएकाले अनेरास्ववियूका नेता, कार्यकर्ताहरुले त्यस्ता खालको गतिविधि गर्न नहुने उनले बताए । 

अनेरास्ववियूको हालै सम्पन्न २३औं राष्ट्रिय महाधिवेशनले समिक बडालको नेतृत्वमा नयाँ केन्द्रिय कमिटी चयन गरेको थियो । 

Skip This
Logo