टुँडिखेलमा यसरी मनाइयो ७३ औं प्रजातन्त्र दिवस [तस्बिरहरु]

टुँडिखेलमा यसरी मनाइयो ७३ औं प्रजातन्त्र दिवस [तस्बिरहरु]


हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

सोही अनुसार आज सैनिक मञ्च टुँडिखेलमा ७३ औं प्रजातन्त्र दिवस मनाइएको हो । आज विभिन्न कार्यक्रम गरी देशभर नै प्रजातन्त्र दिवस मनाइँदै छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मुल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कुटनीतिक निकायका प्रमुखहरूको सहभागीता रहेको छ ।

समारोहमा नेपाली सेनाको दुई हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अंकित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाउनुका साथै शहीदहरुप्रति श्रद्धापूर्ण रुपमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपास गर्नुका साथै देशप्रेमका कालजयी गीतहरुको धुन र व्याण्ड
बजाएर प्रजातन्त्र दिवस मनाइएको छ ।

 

 

Logo