क्रस कन्ट्री च्याम्पियनसिप दोस्रो पटक नेपालमा हुँदै

क्रस कन्ट्री च्याम्पियनसिप दोस्रो पटक नेपालमा हुँदै


नेपाल एथ्लेटिक्स एशोसिएशनको तात्वावधानमा फागुन तेस्रो साता १६औं संस्करणको एशियन क्रस कन्ट्री च्याम्पियनसिप हुने भएको छ । 

आईतवार नेपाल एथलेटिक्स एशोसिएशनले पत्रकार सम्मेलन गरेर १६औं संस्करणको एशियन क्रस कन्ट्री च्याम्पियनसिप फागुन २३  गते नेपालमा आयोजना हुने जनाएको हो । 

प्रतियोगितामा नेपालसहित विभिन्न देशका ३० देखि ४० राष्ट्रका करिव ४ सय ५० खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी दियो । गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा सञ्चालन हुने प्रतियोगितामा सिनियर पुरुष  र महिलातर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलो मिटर र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलो मिटरका कुल ४ विधामा व्यक्तिगत र टिम ईभेन्ट्सहरुमा प्रतिष्पर्धा हुनेछ ।

यस प्रतियोगिता नेपालले दोश्रोपटक आयोजना गर्ने लागेको हो । यसअघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो । यस प्रतियोगितामा नेपालबाट सहभागिता जनाउने खेलाडी फागुन ९ गते छनोट गरेर बन्द प्रशिक्षणमा राखिनेछ ।

Skip This
Logo