राष्ट्रपतिबारे अन्तिम निर्णय लिने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई

राष्ट्रपतिबारे अन्तिम निर्णय लिने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई


नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।  

सोमवार पार्टी पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई दिने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

उनले भने, ‘आजको पार्टी पदाधिकारी बैठकमा राष्ट्रपतिको बारेमा नै चर्चा भयो । हामीले बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेका छौँ । राष्ट्रिय सहमति खोज्ने कुरा नै हाम्रो नीति हुनुपर्छ भन्ने कुरा भयो । प्रधानमन्त्रीलाई अन्तिम निर्णय लिने निर्णय भयो र अन्य पार्टीका पदाधिकारीहरुसँग छलफल गर्ने निर्णय भयो ।’
 
उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताए । 

गत १० पुसमा नेकपा एमालेलाई राष्ट्रपति दिने सर्तमा प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो समयमा सहमतिय राष्ट्रपतिको बिषय उठान गरेपछि राजनीतिक माहौल एकाएक फेरिन पुगेको मात्रै छैन, एमाले–माओवादी गठबन्धनमा समेत समस्या देखा परेको छ । साथै उनलाई  विश्वासको मत दिएको काँग्रेसलाई सन्तुलनमा राखेर हिँड्नुपर्ने बाध्यतामा पनि छ ।

Logo