टुटल र पठाओ ‘बन्द’ गर्न सरकारको निर्देशन

सरकारले टुटल र पठाओ जस्ता यातायातका मध्यमलाई बन्द गर्न अप्रत्यक्षरूपमा निर्देशन दिएको छ।

यातायात व्यवस्था विभागले निजी सवारीसाधनलाई सार्वजनिक सवारीसाधनका रुपमा प्रयोग नगर्न आग्रह गरेको हो । मंगलबार जारी गरेको सूचनामा निजी प्रयोजनमा दर्ता भएका सवारीसाधन सार्वजनिक यातायातका रुपमा प्रयोग गरे कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न नपाइने कुरा उल्लेख भएको र दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने व्यवस्था भएको भन्दै विभागले यस्तो कार्यमा संलग्न जोकोहीलाई पनि कारबाही गर्ने जनाएको छ।

गत  टुटलका लागि प्रयोग भएका मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल एक्सन लिएका थिए। । प्रधानमन्त्रीको निर्देशनलगतै टुटल र  पठाओ पुनः संचालनमा आएको थियो ।

यातायातको यो माध्यम पछिल्लो समय निकै लोकप्रिय बनेको छ । यसको बढ्दो लोकप्रियतासँगै ट्याक्सी व्यवसायीहरुको मनपरी समेत नियन्त्रण हुँदै गएको सर्वसाधारण बताउँछन् ।

टुटल र पठाओ ‘बन्द’ गर्न सरकारको निर्देशन