मनोसामाजिक समस्या विषयमा अभिमुखीकरण तालिम सम्पन्न

धादिङ । थाक्रे गाउँ पालिकाका जनप्रतिनिधि , विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी , समाजसेवी , स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतका व्यक्तिहरूका लागि मनोसामाजिक समस्याका विषयमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न भयो । मानसिक एवं मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको प्राविधिक सहयोग र थाक्रे गाउँ पालिकाको आयोजनामा सम्पन्न उक्त अभिमुखीकरण तालिमको सहजीकरण मनोविद्  गोपाल ढकालले गरेका थिए ।

सोही कार्यक्रमका बीच दस वर्षभन्दा लामाो समयदेखि सडकमा बस्दै आएका जनक नामका मनोरोगीको उद्धार समेत गरिएको छ । अभियान तथा गाउँपालिकाको पहलमा उद्धार गरिएका उनलाई हाल मनोरोग उपचार तथा पुनःस्थापना केन्द्रमा राखिएको छ ।

कार्यक्रममा बोल्दै गाउँ पालिकाका अध्यक्ष राम कुमार आचार्यले आफ्नो ठाउँलाई सडक मानव मुक्त बनाउने उदघोष गरेका छन् । उपाध्यक्ष अम्बिका रुपाखेतीले  लामो समयदेखि जनकलाई उद्धार गर्ने आफ्नो योजनामा सफल भएकामा खुसी व्यक्त गरिन् ।

ताजा समाचार

मनोसामाजिक समस्या विषयमा अभिमुखीकरण तालिम सम्पन्न