नेपाली यू-१९ क्रिकेटको कप्तान परिवर्तन, गुलशन सिनियरमा

नेपाली यू-१९ क्रिकेटको कप्तान परिवर्तन, गुलशन सिनियरमा


आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा देव खनालले नेपालको कप्तानी गर्ने भएका छन् । 

गुलशन झा सिनियर टोलीबाट आइसिसी विश्वकप लिग -२ खेल्ने भएपछि कप्तानको जिम्मेवारी खनाललाई दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो । यसअघि यू -१९ कप्तानमा गुलशन झालाई नियुक्त गरिएको थियो । 

बिहीबार देखि युएईमा हुने यू -१९ विश्वकप एसिया क्षेत्रको लागि नेपाली टोली बुधबार युएईतर्फ प्रस्थान गर्दैछ । यस प्रतियोगितामा नेपालसहित  सिंगापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । खनालले गत वर्ष  पनि यू–१९ एसिया कपमा नेपालको कप्तानी गरेका थिए । तर, नेपाल तीनै खेलमा पराजित हुँदै बाहिरिएको थियो । 

त्यस्तै, लिग -२ मा नेपालले अर्को सातादेखि पपुवा न्युगिनी र युएईसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ । मंगलबार घरेलु मैदानमा सम्पन्न स्कटल्याण्ड र नामिविया सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललले ‘क्लीन स्विप’ गरेको थियो । 
 

Logo