अग्रता जोगाउन नसक्दा लिभरपुलको लज्जास्पद हार

अग्रता जोगाउन नसक्दा लिभरपुलको लज्जास्पद हार


यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ ।

मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुल स्पेनिस क्लब रियल मड्रिडसँग ५–२ गोलले पराजित भएको हो । लिभरपुलले पहिलो लेगमा आफ्नो घरेलु मैदान एनफिल्डमा ५ गोल खाएको हो । खेलमा सुरुआती अग्रता भने लिभरपुलले बनाएको थियो । चौंथो मिनेटमा डार्विन नुनेजले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दा लिभरपुल २–० ले अघि रह्यो । तर, दुई गोलले पछि परेको रियलले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो ।

खेलको २१ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २–१ को स्थितिमा ल्याए । जुनियरले ३१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–२ गोलको बराबरीमा ल्याए । खेलको ४७ औं मिनेटमा इडर मिलिटाओले गोल गरेपछि रियल ३-२ ले अघि रह्यो । खेलको ५५ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दा रियल ४–२ ले अघि रह्यो ।

त्यसपछि खेलको ६७ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ५–२ को जित दिलाए । यस जितसँगै रियलको अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनेको छ । लिभरपुललाई भने दोस्रो लेगमा फराकिलो जित आवश्यक भएको छ । दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा हुनेछ ।

Skip This
Logo