सन्दीप भन्छन्- मैले कति योगदान गर्न सके थाहा छैन, तर मेरो देशले जितेको छ

सन्दीप भन्छन्- मैले कति योगदान गर्न सके थाहा छैन, तर मेरो देशले जितेको छ


नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा समर्थन र हौसला दिने दर्शकप्रति आभार प्रकट गरेका छन् । 

६ महिनापछि घरेलु मैदानमा उत्कृष्ट कमव्याक गरेका उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्- ‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु।’

मंगलबार भएको सिरिजको चौथो तथा अन्तिम खेलमा लिग–२ च्याम्पियन स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको थियो । त्यसअघिका तीन खेलमा नामिवियामाथि २ जित र स्कटल्याण्डमाथि पनि जित हासिल गरेको थियो । 

नेपाललाई घरेलु सिरिजमा ऐतिहासिक ‘क्लीन स्विप’ गराउँदा सन्दीप नायक बने । चारवटै खेलमा नेपालका तर्फबाट उनले एकनाशले उत्कृष्ट प्रदर्शन गरे । उनले सुरुका तीनमा खेलमा ३/३ विकेट लिए भने अन्तिम खेलमा महत्वपूर्ण ४ विकेट लिएका थिए । 

Skip This
Logo