लमही-घारोही-तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाई भइरहेकोमा सांसद् गिरीकाे आपत्ति

लमही-घारोही-तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाई भइरहेकोमा सांसद् गिरीकाे आपत्ति


नेपाली काँग्रेसका सांसद दिपक गिरीले दाङस्थित लमही-घारोही-तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाई भईरहेकोमा आपत्ति जनाएका छन् । 

चार वर्षदेखि बनाउन सुरु गरिएको सो सडकखण्डमा दुर्घटनामा परी करिव २२ जनाले ज्यान गुमाउँदा पनि त्यसको निर्माण कार्य सम्पन्न गर्न सरकारले चासो नदिएकोमा उनको आक्रोश थियो । 

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले सो सडकखण्डको निर्माण कार्य ढिलाई हुनुको कारणबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरेका हुन् । उनले ३० महिनामा सम्पन्न गर्ने सम्झौंतासहित सुरु गरिएको सो सडक खण्डको निर्माण कार्य ३ पटक म्याद थप गर्दा पनि ९ दशमलव ९ प्रतिशत मात्रै निर्माण भएको उल्लेख गर्दै यस्तो लाजमर्दो अवस्था आउन नदिन नेपाल सरकार र सम्बन्धित निकाय गम्भिर बन्नुपर्ने पनि बताए । 

सांसद गिरीले सरकारले सांसदहरुले संसदको विशेष समय र शुन्य समयमा उठाएर प्रश्नको उचित जवाफ हालसम्म नदिएकोभन्दै दुखेसो समेत व्यक्त गरे । उनले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि पटक–पटक आग्रह गरे । 

Logo