क्रिकेटर सौरभको बायोपिकमा रणवीर कपुर

क्रिकेटर सौरभको बायोपिकमा रणवीर कपुर


भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुलीको बायोपिक बन्ने भएको छ । फिल्ममा उनको भूमिका रणवीर कपुरले निभाउनेछन् । सौरभले आफ्नो बायोपिकको स्क्रिप्टका लागि अनुमति दिएका छन् ।

चाँडै नै यो फिल्मको सुटिङको काम सुरु हुँदै छ । फिल्ममा रणवीरबाहेक हालसम्म अन्य स्टार कास्ट फाइनल भइसकेका छैनन् । फिल्ममा अर्का पूर्व कप्तान एमएस धोनीको भूमिका पनि अन्य कलाकारमार्फत् देखाइनेछ ।

हाल रणवीर फिल्म ‘तू झूठी मे मेक्कार’को प्रमोसनमा व्यस्त छन् । प्रमोसनबाट स्वतन्त्र भएपछि उनी गांगुलीको बायोपिकमा लाग्नेछन् । सौरभको बायोपिक नेट वेस्ट सिरिजमा गांगुलीको प्रस्तुती र पत्नी डोनासँगको सम्बन्धमा लक्षित हुनेछ ।

सन् १९८३ पछि गांगुलीले २००३ मा भारतीय क्रिकेट टिमलाई आइसीसी वनडे वल्र्ड क्रिकेटको फाइनलमा लगेका थिए । यो काम गर्ने उनी पहिलो कप्तान हुन् । भलै त्यो समयमा भारतीय टिम अष्ट्रेलियासँग पराजित भएको थियो ।

गांगुलीले भारतीय क्रिकेट टिमलाई वीरेन्द्र सहवाग, मोहम्मद कैफ, युवराज सिंह, हरभजन सिंह र इरफान पठान जस्ता खेलाडी दिएका छन् ।

Logo